बिहिबार, मंसिर २६, २०८२
  • होमपेज
  • समाचार
  • प्रेस र अभिव्यक्ति स्वतन्त्रता कसैले पनि कुण्ठित गर्न हुँदैन ः सहमहामन्त्री उपाध्याय

प्रेस र अभिव्यक्ति स्वतन्त्रता कसैले पनि कुण्ठित गर्न हुँदैन ः सहमहामन्त्री उपाध्याय

  • सोमवार, भदौ २३, २०८२
प्रेस र अभिव्यक्ति स्वतन्त्रता कसैले पनि कुण्ठित गर्न हुँदैन ः सहमहामन्त्री उपाध्याय

नेपाली कांग्रेसकी सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ले प्रेस र अभिव्यक्ति स्वतन्त्रता कसैले पनि कुण्ठित गर्न नहुने बताएकी छन् । कांग्रेस अभिव्यक्ति स्वतन्त्रता र लोकतान्त्रिक व्यवस्थाको पक्षमा सदैव वकालत गरेको पार्टी भएको बताउँदै सहमहामन्त्री उपाध्यायले अहिले पनि अभिव्यक्ति र प्रेस स्वतन्त्रताको अधिकार दिनुपर्छ भन्ने पक्षमा रहेको बताइन् ।

उपाध्यायले रातोपाटीसँग कुरा गर्दै भनिन्, ‘कांग्रेस लोकतान्त्रिक व्यवस्थाका लागि लडेको पार्टी हो । अभिव्यक्ति स्वतन्त्रताका लागि लडेको हो । प्रेस स्वतन्त्रताका लागि लडेको जगजाहेरै छ । अहिले पनि लोकतान्त्रिक व्यवस्था, अभिव्यक्ति र प्रेस स्वतन्त्रताको सदैव वकालत गरिरहन्छ ।’

उनले सरकारले सर्वोच्च अदालतको परमादेशको अवहेलना नहुने गरी विभिन्न सामाजिक बन्द गर्ने निर्णय तत्कालका लागि कडा गर्न नहुने बताइन् । कानुन बनाएर नियमन गर्ने बाटोमा सरकार अग्रसर हुनुपर्ने सहमहामन्त्री उपाध्यायको भनाइ छ ।  सोमबार मुलुकभर जेन जी पुस्ताले गरेको आन्दोलन शान्तिपूर्ण सन्देशमूलक र सुधारात्मक बाटोमा मुलुकलाई उन्मुख बनाउनतिर अग्रसर हुनुपर्ने उनको भनाइ छ ।

आइतबार बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समिति बैठकले सरकारलाई सामाजिक सञ्जाल बन्द गर्ने निर्णयमा कडाइ नगर्न आग्रह गरेको बताउँदै सहमहामन्त्री उपाध्यायले सरकार नागरिकका आवाज सुनेर कानुन अनुरूप अगाडि बढ्नुपर्ने बताइन् । बैठकमा आफूले सरकारले चालेको कदम सुधार्दै कानुन बनाएर मात्र अघि बढ्न पार्टीले सुझाव दिनुपर्ने बताएको जानकारी दिइन् ।

चर्चामा

सम्बन्धित समाचार