शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • बडिमालिका
  • बडीमालिकामा अनन्ते मेलाको अवसरमा मंगलवार सार्वजनिक बिदा

बडीमालिकामा अनन्ते मेलाको अवसरमा मंगलवार सार्वजनिक बिदा

  • आइतवार, भदौ २२, २०८२
बडीमालिकामा अनन्ते मेलाको अवसरमा मंगलवार सार्वजनिक बिदा

बाजुरा—बाजुराको बडीमालिका नगरपालिकाले यहीँ भदौ २४ गते अर्थात मंगलवार सार्वजनिक बिदा दिएको छ । आइतवार एक सूचना जारी गर्दै स्थानीय सांस्कृतिक पर्व अनन्ते मेलाको अवसरमा पालिकाभर सार्वजनिक बिदा दिएको हो ।

बडीमालिका नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पदम बहादुर माझीले भदौ १८ गते बसेको कार्यपालिका बैठकको निर्णय बमोजिम २४ गते एक दिन पालिकामा सार्वजनिक बिदा दिइएको बताएका छन् । उनका अनुसार सो दिन नगरपालिका, वडा कार्यालय, स्वास्थ्य संस्था, शैक्षिक संस्था बन्द रहने छन् ।

मौलिक तथा सांस्कृतिक पर्व अनन्ते मेला जिल्लाको सदरमुकाम मार्तडी सहित विभिन्न ठाउँमा परम्परागत रुपमा मनाइदैँ आएको छ । जिल्लाबासीहरुको दसैं–तिहार पछिको दोस्रो ठूलो पर्वका रुपमा रहेको अनन्ते मेला आजबाट सुरु भएको छ । सदरमुकाम मार्तडीको मालिका मन्दिर नजिकैको अनन्त्या गणामा लाग्ने उक्त मेलामा यहाँका स्थानीयहरुले रातदिन आ–आफ्नै शैली र परम्परा झल्किने पोशाकसहित अनन्ते खेल्ने गरेका छन् ।

अनन्ते पर्वलाई सत्यको विजय भएको दिनको सम्झनामा मनाउने गरिन्छ । स्थानीय लोक सँस्कृति र जिल्लाको पहिचान स्वरुप मनाइने अनन्ते मेला जिल्लाका मार्तडी, जुगाडा, आटीचौर, बुढीगंगा, बाह्रबिस लगायतका क्षेत्रमा ३ देखि ४ दिनसम्म धुमधामका साथ मनाइने गरिन्छ ।
No description available.

चर्चामा

सम्बन्धित समाचार