
बाजुरा– मुलुकको स्थायी सरकारका रूपमा रहेका निजामती सेवाका कर्मचारीले आज आइतबार देशभर विभिन्न कार्यक्रमको आयोजना गरी ‘निजामती सेवा दिवस’ मनाउँदै छन् । साेही अवसरमा बाजुरामा पनि बिबिध कार्यक्रम गरि मनाउने तयारी गरिएकाे आयाेजकले जनाएकाे छ ।
निजामती सेवासम्बन्धी ऐन पहिलोपटक जारी भएको विसं २०१२ भदौ २२ गतेको स्मरण गर्दै हरेक वर्ष यस दिन निजामती सेवा दिवस मनाइने गरिएको अवसरमा कार्यक्रम गरि मनाउन लागिएकाे जनाएकाे छ ।
निजामती सेवाको मूल्य–मान्यता,आदर्श, चरित्र, नैतिकता, सदाचारिता, निष्ठाजस्ता गुणको स्मरण र पालना गरी नागरिकको सेवामा प्रतिबद्धता व्यक्त गर्ने दिनका रूपमा यस दिवसलाई लिने गरिएको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव प्रकाश दाहाल बताउछन् ।
