
काठमाडौं — नेकपा एमालेले स्थायी कमिटी सदस्य कर्ण थापालाई फरक मत राख्न नरोकेको दाबी गरेको छ । फरक मत विधान महाधिवेशनमा वाचन गर्ने दिने भनिएपनि आज रोकिएको थियो ।
तर, प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले त्यसबारेमा भने, ‘उहाँले फरक मत बाँडिराख्नुभएको छ । सबै साथीहरूलाई दिइराख्नुभएको थियो । उहाँले फरक मत राख्छु भनेर तल हलबाट समय माग्नुभयो । तपाईँको फरक मतको डकुमेन्ट आइसकेको छ, हामीले हेरिसक्यौँ, अब समूहगत छलफलमा लैजानुस् भन्यौँ त्यो उहाँले स्वीकारिसक्नुभयो ।’
उनले बहुमत अल्पमतको कुरा नभएको भन्दै थापाले स्वीकारेर समूहगत छलफलमा लगेको बताए ।
उनले थपे, ‘हामीले छलफल नै नगर्नुस् भनेको होइनौँ। छलफलबाट वञ्चित गरिएको छैन । समूहगत छलफल गरेर लेर आउनुस् भनेका छौँ। उहाँको विचार राख्न रोकिएको छैन । तर उहाँले प्रस्तुति नगर्नुभएको मात्रै हो ।’
उनले अध्यक्षले आग्रह स्वीकारेको वाचन नगरेको जिकिर गरे ।
