शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • राजनीति
  • एमाले विधान महाधिवेशनमा कर्ण थापालाई फरक मत पेस गर्न रोक

एमाले विधान महाधिवेशनमा कर्ण थापालाई फरक मत पेस गर्न रोक

  • शनिबार, भदौ २१, २०८२
एमाले विधान महाधिवेशनमा कर्ण थापालाई फरक मत पेस गर्न रोक
फाइल

काठमाडौं— एमालेको विधान महाधिवेशनमा स्थायी कमिटी सदस्य कर्ण थापाको फरक मत पेस गर्न अध्यक्ष केपी शर्मा ओलीले रोक लगाएका छन् ।

गोदावरीमा जारी विधान महाधिवेशनको दोस्रो दिन उनी फरक मत वाचनका लागि मञ्चअघि उभिएका थिए । स्थायी कमिटी सदस्यसमेत रहेका नेता थापालाई फरक मत पढ्न दिने कार्यसूची हिजै तय भएको थियो । उनको प्रतिवेदन प्रतिनिधिलाई बाँड्न दिन पनि नेतृत्व तयार भएको थियो ।

सोहीअनुसार थापा फरक मत पढ्न तयार भए । तर, अध्यक्ष ‌ओलीले हलमा पेश गर्नु पर्दैन समूहमा जानुस् भन्दै रोकेका छन् । विद्यादेवी भण्डारीको पक्षबाट थापाले फरक मत पेश गर्ने तयारी गरेका थिए ।

अध्यक्ष ओलीले प्रतिनवेदनहरूमाथि १० समूहमा छलफल भइरहेकोले त्यही कुरा गर्नुस् भनेका छन् । थापाको प्रतिवेदन महाधिवेशन प्रतिनिधिहरुलाई बाँडिएको छ ।
एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले अब थापाको मतबारे महाधिवेशनको हलमा कुरा नहुने समूहमा कुरा राख्न सक्ने बताए । ‘उहाँलाई समूहमा कुरा राख्नुहोस् भनिएको छ । छलफलमा रोक लगाइएको छैन’ गौतमले भने ।

थापाले विद्यादेवी भण्डारीको सदस्यता रोक्ने, ७० वर्षे उमेर हद हटाउने लगायतका प्रवाधानमा फरक मत राखेका छन् ।

बिहीबार साँझको सचिवालय बैठकमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पनि भण्डारीको पक्षमा फरक मत राखेका थिए । उनलाई उपाध्यक्षद्वय सुरेन्द्र पाण्डे र युवराज ज्ञवालीले पनि साथ दिएका छन् ।

चर्चामा

सम्बन्धित समाचार