
बाजुरा– बजारको कोलाहल र धुलो–धुवाँबाट टाढा, हरियालीले घेरिएको घागर बस्ती । जहाँ बिहानको चिसो हावा र चरा–चुरुङ्गीको मीठो स्वरमा जाग्ने घागरबासीले अब आफ्नो गाउँलाई नयाँ परिचय दिन थालेका छन, त्यो पनि पिकनिक हबको रूपमा परिचित गराउन थालेका छन । सदरमुकाम मार्तडीबाट सहज र सरल ठाउँ बडीमालिका नगरपालिका–२ मा पर्ने यो बस्ती सुन्दर बस्तीको रुपमा रहेको छ । तर संरचना गत सुविधा नहुँदा यहाँ आउने पाहुनाले घुम्न त आउँथे तर त्यहा जिण पुलले गर्दा अलि समस्यामा रहेको छ । अहिले भने बडीमालिका वडा न २ को वडा कार्यालय र भेरालमाण्डौ सामुदायीक बनको सहकार्यमा पिकनिक स्थल बनेपछी त्यहाँको सौन्दर्यता र आगमन बढदै गएको छ ।
बडीमालिका नगरपालिका वडा न २ का वडाअध्यक्ष डम्मर महतका अनुसार “घागरको प्राकृतिक सौन्दर्य नै यसको पहिचान हो । यहाँ व्यवस्थित सुविधा उपलब्ध गराएपछी यो ठाउँ जिल्लाकै लोकप्रिय पिकनिक स्थल बन्न सफल भएको छ ।” बाजुरा लगायत अछामको साफेँबगरबाट समेत यहा पिकनिक खाने र रमाईलो गर्न आउने दिननुदिन बढ्दै गएका वडाअध्यक्ष महतले बताए ।
घागरको पारीपट्टी बिरेखोला झरनाको मनमहोक दृष्य संगै बस्तीको छेउमा पिकनिक र्स्पोट बनेपछी धेरैको रोजाइको पिकनिक र्स्पाटको रुपमा परिचित हुन थालेको छ । बाजुराको सदरमुकाम मार्तडी देखी बुढीगंगा र अछामदेखी यहा पिकनिक र रमाइलोका लागि घुम्न आउने गरेको स्थानिय गंगराज पण्डितले बताएका छन, सो कुराले गंगराज लगायत त्यहाँका स्थानिय उत्साहित देखिन्छन् ।
“गाउँमै पिकनिक स्थल भएपछि हाम्रो बारीको तरकारी, फलफुल लगायतका साम्रगी बिक्री हुदा आयआर्जनमा पनि बृद्धि हुने देखीन्छ । यता बारीको ताजा तरकारी र फलफुलले आगन्तुकहरु मख्ख पर्छन उता केही घर खर्च टार्न तरकारी र फलफुल किसान दगं परेका छन । दैनिक जसो यहा पिकनिक कार्यक्रमहरु भईरहने स्थानीयले बताएका छन । यहाँ आउने पर्यटकलाई स्थानीय उत्पादन—कर्कलो, गुन्द्रुकदेखि फलफूल—बेचेर घरमै आम्दानीको श्रोत बनेको त्यहाका स्थानिय शेर बहादुर महतले बताए । यसले हाम्रो गाउँलाई आर्थिक रुपमा बलियो बनाउनेछ,” उनले भने ।
त्यस्तै, घागरका स्थानिय्, “पहिले पाहुनालाई बस्ने ठाउँ खोज्नै मुस्किल पर्थ्यो । न शौचालय थियो, न खानेपानीको सुविधा । अब सुविधा विस्तार भएपछि पर्यटक आउन सजिलो हुन्छ, जसले हाम्रो गाउँ बाहिर सम्म चिनिएको बताउछीन ।” बाजुरामा धार्मिक र प्राकृतिक सम्पदा धेरै भए पनि व्यवस्थित पिकनिक स्थल भने कमै छन् । यस्तो अवस्थामा घागरलाई नमुना पिकनिक हबका रूपमा विकास गर्न सकियो भने यो ठाउँले मात्र होइन, अन्य बस्तीले पनि पर्यटन मार्फत विकासको बाटो पक्रने अपेक्षा गरिएको छ ।
तर, संरचना बनाउनु मात्र पर्याप्त हुँदैन । यसको संरक्षण, व्यवस्थापन र प्रचार–प्रसारमा पनि स्थानीय र नगरपालिकाले ध्यान दिनुपर्ने सरोकारवालाको भनाइ छ । हरियालीले ढाकिएको, शान्त र रमणीय घागर अब पिकनिक हबको रुपमा परिचीत हुन थालेको छ । गाउँलेहरूको उत्साह, नगरपालिकाको प्रतिबद्धता र पर्यटकको आकर्षणसँगै यो बस्तीे नयाँ गन्तव्य बन्ने अपेक्षा गरिएको छ ।
