शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • राजनीति
  • फरक मत दर्ता गर्दै कर्ण थापाले भने-पार्टी लोकतान्त्रिक विधिबाट चलेन

फरक मत दर्ता गर्दै कर्ण थापाले भने-पार्टी लोकतान्त्रिक विधिबाट चलेन

  • बिहिबार, भदौ १९, २०८२
फरक मत दर्ता गर्दै कर्ण थापाले भने-पार्टी लोकतान्त्रिक विधिबाट चलेन
फाइल तस्विर

काठमाडौं — नेकपा एमालेका स्थायी कमिटी सदस्य कर्ण थापा पार्टी लोकतान्त्रिक विधिबाट सञ्चालन नभएको बताएका छन्।

पार्टी कार्यालय च्यासल पुगेर पूर्व राष्ट्रपति विद्या भण्डारीको सदस्यता नवीकरण नगर्ने, ७० वर्षे उमेर हद र दुई कार्यकालको व्यवस्था हटाउने विषयमा फरक मत दर्ता गरेपछि यस्तो बताएका हुन्।

उनले भने, ‘प्रथम विधान महाधिवेशनदेखि अहिलेको विधान महाधिवेशनसम्म आइपुग्दा गरेको निर्णय, भएका कामहरू, हाम्रा विधि, मूल्य मान्यता अनुसार पार्टी चलेको छैन। पार्टी लोकतान्त्रिक विधि अनुसार चलेका छैनन्।’

उनले केन्द्रीय कमिटीमा जानकारी गराएको विषयलाई नै आज दर्ता गरेको बताए। केन्द्रीय कमिटी बैठकको निर्णय विधान महाधिवेशनमा छलफल हुने बताए।

चर्चामा

सम्बन्धित समाचार