
बाजुरा– बाजुराका किशोरी क्लबहरुले आफ्ना गतिविधि अझ प्रभावकारी बनाउन शैक्षिक तथा खेलकुद सामग्री प्राप्त गरेका छन् । प्लान इन्टरनेशनल नेपाल र पीसविन नेपालले संयुक्तरूपमा सञ्चालित आभा परियोजना अन्तर्गत बाल विवाह न्यूनीकरणमा किशोरीहरुलाई रोल मोडेलको रुपमा परिचालन गर्ने उद्देश्यले यो साम्रगी सहयोग गरिएको हो ।
साे कार्यक्रम मार्फत बडीमालिका, बुढीगंगा, त्रिवेणी नगरपालिका र गौमुल गाउँपालिकाका विभिन्न वडामा गठन भएका वडा स्तरीय किशोरी क्लबहरुलाई सामग्री हस्तान्तरण गरिएको पीसविन नेपालले जनाएकाे छ । बुधबार परियाेजना मार्फत बडीमालिका नगरपालिकाका बिभिन्न वडामा सामग्री वडा अध्यक्षहरुमार्फत हस्तान्तरण गरिएकाे पीसविन नेपालका कर्मचारी बिरेन्द्र रावलले बताएका छन ।
पीसविन नेपालका कर्मचारी रावलका अनुसार, यस सहयोगले किशोरी क्लबहरु सामूहिक रूपमा सक्रिय हुने, शैक्षिक गतिविधि तथा खेलकुद मार्फत सिर्जनात्मक क्षमता बढाउने र समाजमा सकारात्मक सन्देश फैलाउने अपेक्षा गरिएको छ । किशोरी क्लबका सदस्यहरुले पनि आफूहरुलाई प्रदान गरिएको सामग्रीले आत्मविश्वास बढ्ने, गतिविधि सञ्चालन सहज हुने र बाल विवाह न्यूनीकरण अभियानमा थप प्रभावकारी भूमिका निर्वाह गर्न सकिने प्रतिक्रिया दिएका छन् ।
यसरी प्राप्त सहयोगले किशोरीहरुमा नेतृत्व विकास, आत्मनिर्भरता र सामाजिक उत्तरदायित्वबोध बढाउन मद्दत गर्ने अपेक्षा गरिएको छ । शैक्षिक तथा खेलकुद सामाग्रीले किशाेरीकाे क्षमता अभिबृद्धी तथा क्षमाता बढाउने कार्यमा सहयाेग पुग्ने जनप्रतिनिधीहरुले बताएका छन ।
