शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • राजनीति
  • नेविसंघ बाजुराको विवाद सतहमा,थापाको निर्णय अवैधानिक भन्दै पार्टीद्धारा खारेज

नेविसंघ बाजुराको विवाद सतहमा,थापाको निर्णय अवैधानिक भन्दै पार्टीद्धारा खारेज

  • मङ्लबार, भदौ १७, २०८२
नेविसंघ बाजुराको विवाद सतहमा,थापाको निर्णय अवैधानिक भन्दै पार्टीद्धारा खारेज

बाजुरा– नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ बाजुरा–काठमाडौं सम्पर्क समिति अध्यक्ष चयनको विवाद सतहमा पुगेको छ । नेविसंघ बाजुराका अध्यक्ष जनक थापाले गरेका अवैधानिक निर्णय र जिम्मेवारी पार्टीले खारेज गरी दिएको छ ।
यस अघि भदौ १० गते नेविसंघ बाजुराले बाजुरा–काठमाडौं सम्पर्क समिति अध्यक्षमा टेक बहादुर सिंहलाई मनोनित गरेको थियो । उक्त निर्णयको नेविसंघका केन्द्रीय सदस्यहरुले संयुक्त विज्ञप्ति निकाल्दै विरोध जनाएका थिए ।
नेपाली कांग्रेस बाजुराले सोमबार एक बिज्ञप्ती सार्वजनिक गर्दै नेविसंघ जिल्ला समितिका अवैधानिक निर्णय, जिम्मेवारी खारेज गरिएको जनाएको छ । पार्टीले सुरुमा समितिको अधिवेशन गर्न नेविसंघ जिल्ला अध्यक्षलाई जिम्मेवारी दिएको थियो । तर पार्टीले समितिको अधिवेशन अधुरो रहेको भन्दै कांग्रेस बाजुरा–काठमाडौं सम्पर्क समिति सभापति सूर्य बहादुर शाहको संयोजकत्वमा १० सदस्यीय समिति गठन गरेको थियो ।
उक्त समितिले नेविसंघ बाजुरा–काठमाडौं सम्पर्क समितिमा आवद्ध विद्यार्थीको नामावली संकलन, मतदाता नामावलीको रूपमा अभिलेख गरी समितिबाट प्रमाणित गर्ने जिम्मेवारी पाएको थियो । त्यस्तै उम्मेद्धार बिच सहमति गराई समिति गठन गर्ने, सहमति नभएमा निर्वाचन प्रक्रिया अघि बढाउन पार्टीलाई सिफारिस गर्ने गरी स्पष्ट जिम्मेवारी तोकि १५ दिनको समय निर्धारण गरेको उल्लेख गरेको छ । तर उक्त समय सकिदासम्म पनि समितिले कुनै पनि कार्य नगरेकाले त्यस पश्चात् जिल्ला समितिबाट भए गरेका काम, कारवाही र अवैधानिक निर्णय र जिम्मेवारी खारेज गरिएको जनाएकोे छ ।
त्यस्तै पार्टी सभापति रामसिंह रावलद्धारा हस्ताक्षरित पत्र मार्फत नेपाली कांग्रेस बाजुराको संगठनलाई गम्भिर असर पर्ने गतिविध नगर्न समेत चेतावनी दिएको छ ।
त्यसैगरी, नेविसंघ जिल्ला अध्यक्ष थापाले मनोमानी रुपमा समति अध्यक्ष मनोनित गरेको भन्दै केन्द्रीय सदस्यहरु दिनेश कुमार शाही, भरत बहादुर बुढा सहितले संयुक्त विज्ञप्ति निकाल्दै अवैधानिक कार्य उपर छानविन गरी कारवाही गर्न पार्टीसंग माग समेत गरेका थिए ।
May be an image of text

चर्चामा

सम्बन्धित समाचार