शनिबार, मंसिर २१, २०८२
  • होमपेज
  • समाचार
  • निजामती विधेयकसम्बन्धी समितिको प्रतिवेदन राष्ट्रियसभामा पेस गरिने

निजामती विधेयकसम्बन्धी समितिको प्रतिवेदन राष्ट्रियसभामा पेस गरिने

  • मङ्लबार, भदौ १७, २०८२
निजामती विधेयकसम्बन्धी समितिको प्रतिवेदन राष्ट्रियसभामा पेस गरिने

संघीय संसद अन्तर्गत राष्ट्रियसभा बैठक सोमबार बस्दैछ । बैठक दिउँसो सवा १ बजे संसद भवन नयाँबानेश्वरमा बस्नेछ । बैठकमा विधायन व्यवस्थापन समितिकी सभापति तुलसा कुमारी दाहालले संघीय निजामती सेवा विधेयक, २०८० सम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेदन सभा समक्ष पेस गर्ने कार्यसूची छ ।

यस्तै, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने छन् ।

चर्चामा

सम्बन्धित समाचार