शनिबार, मंसिर २८, २०८२
  • होमपेज
  • समाचार
  • विधायन व्यवस्थापनसहित कृषि समितिको बैठक बस्दै

विधायन व्यवस्थापनसहित कृषि समितिको बैठक बस्दै

  • आइतवार, भदौ १५, २०८२
विधायन व्यवस्थापनसहित कृषि समितिको बैठक बस्दै

संघीय संसद अन्तर्गत रहेका विभिन्न दुई समितिका बैठक बस्दैछन् । आइतबार विधायन व्यवस्थापन समिति र कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बस्न लागेका हुन् ।

विधायन व्यवस्थापन समितिको बैठक बिहान ८ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा संघीय निजामती सेवा विधेयक, २०८० माथि दफावार छलफल गर्ने कार्यसूची रहेको छ ।

यस्तै, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा हाइड्रोपावरहरूको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदनको वातावरणीय व्यवस्थापन योजना परिमार्जन गर्ने विषयमा देखिएको समस्याका सम्बन्धमा वन तथा वातावरण मन्त्रालयसँग छलफल हुनेछ ।

चर्चामा

सम्बन्धित समाचार