शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • बडिमालिका
  • बडीमालिका ७ जिल्लीको तलगाउँ पहिरोको उच्च जोखीममा

बडीमालिका ७ जिल्लीको तलगाउँ पहिरोको उच्च जोखीममा

  • शनिबार, भदौ १४, २०८२
बडीमालिका ७ जिल्लीको तलगाउँ पहिरोको उच्च जोखीममा

बाजुरा– बडीमालिका नगरपालिका वडा न ७ जिल्लीको तलगाउँ पहिरोको उच्च जोखीमा परेको छ । बर्षायामको निरन्तर बर्षासंगै गाउँको मुनितर्फ पहिरो बग्न थालेको हो । बडीमालिका ७ का वडा अध्यक्ष धर्मराज पाध्यायको नेतृत्वमा गएको टोलीले ७ घर उच्च जोखीमा रहेको जनाएको छ ।

वडाअध्यक्ष पाध्यायले भने “जिल्लीको तलगाउँ (कर्कलेपडा गाउँ) घर नजिकै पहिरो खसेर २० घरमध्ये ७ घर अति जोखिममा परेका छन् । स्थलगत अनुगमनमा देखिए अनुसार परिवारहरूको जीवनरक्षा र सुरक्षित आवासका लागि तत्काल पहल गर्नुपर्ने अत्यावश्यक अवस्था छ । ” बालबालिका, वृद्ध, महिला सबैको ज्यान जोखिममा परेको यो घडीमा सम्बन्धित निकायलाई जोखिमग्रस्त घरहरूको तत्काल व्यवस्थापन र सुरक्षित स्थानान्तरणका लागि पहल गरिदिन वडाअध्यक्ष पाध्यायले अनुरोध गरेका छन ।  वडाअध्यक्ष पाध्यायले सामाजिक संजाल फेशबुक मार्फत सुरक्षित रहन खानेपानी र नाला व्यवस्थापन गर्न स्थानीयलाई अनुरोध समेत गरेका छन ।

स्थानीयवासीले  सुरक्षित बसोबासका लागि सरकारी निकायसँग तत्काल ध्यानाकर्षण गराउनुपर्ने बताएका छन्। स्थानीयका अनुसार यदि वर्षा अझै केही दिन लगातार भए, पहिरो गाउँसम्म पुग्ने र थप घरहरू समेत जोखिममा पर्ने सम्भावना रहेको बताएका छन।

चर्चामा

सम्बन्धित समाचार