शनिबार, मंसिर २८, २०८२
  • होमपेज
  • समाचार
  • रेशम चौधरीको अभिव्यक्तिमा थारुवान संघर्ष समितिको आपत्ति

रेशम चौधरीको अभिव्यक्तिमा थारुवान संघर्ष समितिको आपत्ति

  • शुक्रबार, भदौ १३, २०८२
रेशम चौधरीको अभिव्यक्तिमा थारुवान संघर्ष समितिको आपत्ति

 नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संस्थापक अध्यक्ष रेशम चौधरीले आफूलाई थारू नेताहरूले जेल पठाएको भनेको भन्दै थारू थारुवान संयुक्त संघर्ष समितिले आपत्ति जनाएको छ । संघर्ष समितिले प्रेस विज्ञप्ति निकालेर रेशम चौधरीको अभिव्यक्ति गलत रहेको भनेर विरोध जनाएको हो ।

 विज्ञप्तिमा उल्लेख भएअनुसार नेपाल मगर संघका पूर्वअध्यक्ष स्व. गोरे बहादुर खपाङ्गी मगरको स्मृति दिवसको सन्दर्भमा नेपाल मगर संघले यही भदौ ११ गते काठमाडौंमा गरेकोको कार्यक्रममा रेशमले ‘मलाई थारू नेताहरूले झ्यालखाना पठाए’ भनेका थिए । थरूहट थारुवान संयुक्त संघर्ष समितिका अध्यक्ष प्रेमीलाल चौधरीले रेशमको अभिव्यक्ति सस्तो लोकप्रियताका लागि भएको जिकिर गरेका छन् ।

चर्चामा

सम्बन्धित समाचार