शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • बजार
  • सुनको मूल्यमा नयाँ रेकर्ड, नाघ्यो २ लाख

सुनको मूल्यमा नयाँ रेकर्ड, नाघ्यो २ लाख

  • शुक्रबार, भदौ १३, २०८२
सुनको मूल्यमा नयाँ रेकर्ड, नाघ्यो २ लाख

काठमाडौं— शुक्रबार सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । यसअघि साउन २३ गते बनेको रेकर्ड तीन सातामै तोडिएको छ ।

आज सुनको भाउ प्रतितोला २ लाख ६ सय रुपैयाँ पुगेको छ । यो मूल्य हालसम्मकै उच्च हो । अघिल्लो दिनको तुलनामा आज प्रतितोला १२ सय रुपैयाँले सुन महँगिएको हो ।

यसअघि साउन २३ गते १ लाख ९९ हजार ४ सय रुपैयाँको रेकर्ड बनेको थियो ।

त्यस्तै चाँदी प्रतितोला ५ रुपैयाँ बढेको छ । अघिल्लो दिन २३५५ रुपैयाँ रहेको चाँदी आज २३६० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार