शनिबार, मंसिर २८, २०८२
  • होमपेज
  • समाज
  • खोलाले बगाएर एक बालिकाको मृत्यु, एक युवा बेपत्ता

खोलाले बगाएर एक बालिकाको मृत्यु, एक युवा बेपत्ता

  • शुक्रबार, भदौ १३, २०८२
खोलाले बगाएर एक बालिकाको मृत्यु, एक युवा बेपत्ता

पनौती नगरपालिका–१ स्थित देबार खोलाले बगाएर एक बालिकाको मृत्यु भएको छ भने एक युवा सुनकोशी नदीमा बेपत्ता भएका छन् ।  इलाका कार्यालय प्रमुख इन्चार्ज प्रहरी नायब उपरीक्षक रामेश्वर त्वाँतीका अनुसार खोलाले बगाएको करिब ११ वर्षीया बालिकाको शव बिहीबार साँझ ५ः०० बजे भेटिएको हो । पहिचान खुल्न नसकेको उक्त घटनाबारे विस्तृत अनुसन्धान भइरहेको छ । मृतक बालिकाको शव परीक्षणका लागि बनेपास्थित शिर मेमोरियल अस्पतालमा राखिएको छ ।

त्यसैगरी, काभ्रेपलाञ्चोकको दोलालघाटस्थत भोटेकोशी नदीमा एक युवा बिहीबार दिउँसोदेखि बेपत्ता भएका छन् । भुम्लु गाउँपालिका–१ रिठ्ठेका २३ वर्षीय महेश दर्जीलाई भोटेकोशीले बगाएको हो ।

चर्चामा

सम्बन्धित समाचार