शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • शिक्षा
  • बाजुरा क्याम्पस परिसर सरसफाइ

बाजुरा क्याम्पस परिसर सरसफाइ

  • बिहिबार, भदौ १२, २०८२
बाजुरा क्याम्पस परिसर सरसफाइ

बाजुरा—सुदूरपश्चिम विश्वविद्यालयको आंगिक बाजुरा क्याम्पस परिसर सरसफाइ गरिएको छ । बिहीवार बिहान बाजुरा क्याम्पस स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को आयोजनामा सरसफाइ कार्यक्रम गरिएको हो ।

“स्वच्छ क्याम्पस, स्वस्थ मन, हाम्रो अभियान” भन्ने मूल नाराका साथ क्याम्पस परिसर सरसफाइ गरिएको जनाएको छ । क्याम्पस प्रमुख रुप बहादुर रौले, स्ववियुका पदाधिकारी, शिक्षक, विद्यार्थी लगायतको सहभागीतामा सरसफाइ गरिएको हो ।

बाजुरा क्याम्पस स्ववियु अध्यक्ष लक्ष्मण रोकायाले क्याम्पस परिसरलाई सफा र स्वच्छ बनाउने उदेश्यका साथ सरसफाइ गरिएको बताए । उनले क्याम्पस वरिपरिको फोहोरजन्य वस्तु संकलन गरेर व्यवस्थापन गरिएको बताएका छन् । त्यस्तै अध्यक्ष रोकायाले यस्ता अभियानले क्याम्पसको वातावरण सुधार मात्र नभई विद्यार्थीहरुमा आपसी सहकार्य र जिम्मेवारीको भावना विकास हुने भएकाले आगामी दिनमा यसलाई निरन्तरता दिइने बताए ।

बाजुरा क्याम्पस स्ववियुले पछिल्लो समय विभिन्न सामाजिक कार्य तथा रचनात्मक अभ्यासका कार्यक्रम समेत गर्दै आएको जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार