शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • समाज
  • बाजुरामा लागुऔषध सेवन गरिरहेका दुई युवक पक्राउ

बाजुरामा लागुऔषध सेवन गरिरहेका दुई युवक पक्राउ

  • बुधबार, भदौ ११, २०८२
बाजुरामा लागुऔषध सेवन गरिरहेका दुई युवक पक्राउ
फाइल तस्विर

बाजुरा—बाजुरामा दुई युवकलाई लागुऔषध सेवन गर्दै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको छ । मंगलवार राति करिब १० बजे सदरमुकाम मार्तडी बजारको एक घरमा सेवन गरिरहेको अवस्थामा प्रहरीको टोलीले युवकलाई रङ्गेहात पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा कैलाली जिल्लाको गौरीगंगा नगरपालिका १ बस्ने अन्दाजी २५ बर्षका दिपेन्द्र घर्तीमगर र बाजुराको बडीमालिका नगरपालिका ९ बस्ने अन्दाजी २२ बर्षका लक्ष्मण विक रहेका छन् । खैरो हिरोइन जस्तो देखिने लागुऔषध सेवन गरिरहेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बाजुराले उनीहरुमाथि थप अनुसन्धान भइरहेको जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार