
कुसंस्कार भरिएका चाढ पर्वहरूले दास बनाएका छन्,
महिलाहरूलाई यिनैले त साच्चै उपहास बनाएका छन्।
दिदी बहिनीहरू माइतिमा आउन कुनै पर्व नकुर्नु तिमी,
छाड रूढिवाद जस्ले तिमिलाई नै तमास बनाएका छन्।
हुने खानेहरूले उपयोग गरेका हुन्छन् धनको खेलो मा,
आफ्नै लागि सधैँ यिनैले मेला पर्व खास बनाएका छन्।
गरिब श्रमजीविलाई न थिए महान यिनिहरू कुनै वेला,
न अहिले बरू ऋण लागेर जिउँदा लास बनाएका छन्।
खुसी हुनका लागि पातिले बारेको बुकुरामै पुगेर हेरौँ,
व्यश्यालयमा जिउँदा लासका पनि रास बनाएका छन्।
कसरी सम्झाउँ मैले दिक्क लाग्छ आआफ्नै हुन्छ राँको,
दिएर मिठो बिष पुजिँवादले आफ्नै गास बनाएका छन्।
