शनिबार, मंसिर २१, २०८२
  • होमपेज
  • सुचना प्रबिधी
  • यी भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

यी भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

  • मङ्लबार, भदौ १०, २०८२
यी भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर भन्दा दक्षिणमा तथा पश्चिमतर्फ सरदर स्थानको आसपासमा अवस्थित रहेको जनाएको छ ।

महाशाखाका अनुसार अहिले देशका पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहेको छ । गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागका थोरै स्थान तथा कोशी, बागमती र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो देशको पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहने छ । कोशी र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भूभागका थोरै स्थान र तराईका एकदुई स्थानमा मध्यम वर्षाको सम्भावना छ ।

आज राति पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहने छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थान तथा बाँकी भूभागका एकदुई स्थानमा मध्यम वर्षाको सम्भावना छ ।

महाशाखाले कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।

चर्चामा

सम्बन्धित समाचार