
दार्चुला– दार्चुलामा चट्याङ लागेर तीन जना घाइते भएका छन्। जिल्लाको शैल्यशिखर नगरपालिका‐३ लुइटाका २४ वर्षीय विमला लावड, चार वर्षीय रिया लावड र तीन महिने शिशु दिपेश लावड घाइते भएका हुन्।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक छत्रबहादुर रावतका अनुसार शुक्रवार राति ९ बजेतिर मालिकार्जुन गाउँपालिका‐७, जोलजिवीमा चट्याङ पर्दा उनीहरू घाइते भएका हुन्।
