शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • खेलकुद
  • विश्वकप फुटबलको ड्र डिसेम्बरमा हुने ट्रम्पको घोषणा

विश्वकप फुटबलको ड्र डिसेम्बरमा हुने ट्रम्पको घोषणा

  • शनिबार, भदौ ७, २०८२
विश्वकप फुटबलको ड्र डिसेम्बरमा हुने ट्रम्पको घोषणा

काठमाडौं —अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले २०२६ को पुरुष फुटबल विश्वकपको ड्र डिसेम्बरमा वाशिंगटनमा हुने घोषणा गरेका छन्। ड्र डिसेम्बर ५ मा वाशिङ्टनको केनेडी सेन्टरमा हुने ट्रम्पले घोषणा गरेका हुन्।

अमेरिका, क्यानडा र मेक्सिकोमा संयुक्त रूपमा आयोजना हुने विश्वकपमा ४८ टोली सहभागी हुनेछन्। यसअघि विश्वकपमा ३२ राष्ट्र सहभागी हुन्थे।

फिफा अध्यक्ष जियानी इन्फान्तिनोले ट्रफीसहित ह्वाइट हाउसमा ड्रको घोषणा गर्दै ʻएक अर्ब दर्शकले हेर्ने विश्वकै ठूलो खेलकुद कार्यक्रमʼ भनेका छन्।

ड्रमा ४८ टोलीलाई १२ समूहमा विभाजन गरिनेछ। यसमा समूहका शीर्ष दुई टोली र उत्कृष्ट ८ तेस्रो स्थान प्राप्त टोली नकआउट चरणमा प्रवेश गर्नेछन्।

ट्रम्पले भने,ʻयो सबैभन्दा ठूलो, सम्भवतः खेलकुदको सबैभन्दा ठूलो कार्यक्रम हो।ʼ

फिफा अध्यक्ष इन्फान्तिनोले ट्रम्पलाई ट्रफी समाउने अवसर पनि दिएका थिए। ट्रम्पले हाँस्दै भने, ʻके म यसलाई राख्न सक्छु ?ʼ

चर्चामा

सम्बन्धित समाचार