
बाजुरा– बाजुरामा बिहीवार रातिदेखि अवरुद्ध विद्युत सेवा पुनः सुचारु भएको छ । राति अविरल बर्षासँगै अवरुद्ध भएको विद्युत सेवा सुचारु भएको हो ।
साँफेबगर–मार्तडी ३३ के.भी. प्रसारण लाइन अन्तर्गत साँफेबगर नजिकै रुख ढल्दा बाजुरा जिल्लाभर विद्युत् सेवा अवरुद्ध भएको थियो ।
नेपाल विद्युत् प्राधिकरण बाजुरा वितरण केन्द्रका अनुसार सो ठाउँमा शुक्रवार बिहानदेखि प्राविधिकको टोली खटिएर मर्मत गरेको जनाएको छ ।
जिल्ला सदरमुकाम मार्तडी लगायतका क्षेत्रमा जडान गरिएको राष्ट्रिय प्रशारण लाइन अनियमित हुदैँ आएको छ । बर्षातमा त झन् अलि पानी पर्ने तथा हावाहुरी चल्ने वित्तिकै विद्युत सेवा अवरुद्ध हुने गरेको सेवाग्राहीहरुले बताएका छन् । विद्युत सेवा अवरुद्ध हुँदा सेवाग्राहीहरु हैरानी खेप्न बाध्य छन् भने विभिन्न कार्यालयमा कामकाज सहित सेवा प्रवाह समेत प्रभावित हुने गरेको छ ।
