
काठमाडौंमा लगातारको वर्षापछि बागमती नदीमा जलसतह बढेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार राति काठमाडौँ जिल्लास्थित बागमती नदी गौरीघाट जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको छ ।
विभागले नदी किनारको बाटो भई यात्रा गर्ने र नदीको तटीय क्षेत्रमा रहनेलाई सावधानी अपनाउन आग्रह गरेको हो । बिहानीपख वर्षा रोकिएकाले अहिले अवस्था सामान्य रहेको छ ।
