शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • बडिमालिका
  • बडीमालिका नगरपालिका ९ किमु खाेला धारा सरसफाइ

बडीमालिका नगरपालिका ९ किमु खाेला धारा सरसफाइ

  • बिहिबार, भदौ ५, २०८२
बडीमालिका नगरपालिका ९ किमु खाेला धारा सरसफाइ

बाजुरा– बाजुराकाे बडीमालिका नगरपालिका ९ किमु खाेला धारा सरसफाइ गरिएको छ । सदरमुकाम मार्तडी नजिकै रहेको उक्त धारामा सरसफाइ गरिएको हाे ।
पढाइ तथा विभिन्न व्यवसाय गरेर मार्तडीमा बस्दै आएका युवाहरुले उक्त धारा परिसर सरसफाइ गरेका हुन् । स्वास्थ्यकर्मी अर्जुन बहादुर बिष्ट, हिमाल बाेहरा, बसन्त विक लगायत ८ जना युवाहरुकाे समूहले धारा परिसरमा रहेको फाेहाेर व्यवस्थापन गरेको जनाएको छ । सदरमुकाम सहित त्याँहाका स्थानीयवासीहरुले प्रयोग गर्दै आएको धारालाई स्वच्छ र सफा बनाउन उनीहरुले सरसफाइ गरेकाे बाजुरा क्याम्पसमा अध्ययन गर्दै आएका जेहानदार छात्र हिमलाल बाेहराले बताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार