
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करण आउँदो नोभेम्बर १७ देखि हुने भएको छ ।
क्यानले सामाजिक सञ्जालमार्फत् एनपीएलको दोस्रो संस्करण नोभेम्बर १७ अर्थात मंसिर १ देखि डिसेम्बर १३ (मंसिर २८) सम्म हुने जानकारी दिएको हो ।
पहिलो संस्करणको एनपीएल २०८१ मंसिर १५ गतेदेखि आयोजना भएको थियो।
प्रतियोगिताको खेलतालिका भने केही समयपछि सार्वजनिक गरिने क्यानले जनाएको छ।
