आइतवार, फाल्गुन १७, २०८२
  • होमपेज
  • शिक्षा
  • विधेयकमा विद्यालय, विश्वविद्यालय बन्द गर्न नपाउने व्यवस्था राखौं : सुमना श्रेष्ठ

विधेयकमा विद्यालय, विश्वविद्यालय बन्द गर्न नपाउने व्यवस्था राखौं : सुमना श्रेष्ठ

  • बिहिबार, भदौ ५, २०८२
विधेयकमा विद्यालय, विश्वविद्यालय बन्द गर्न नपाउने व्यवस्था राखौं : सुमना श्रेष्ठ

काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले विद्यालय, विश्वविद्यालय कुनैपनि कारणले बन्द गर्न नपाउने कुरा विधेयकमा लेख्नुपर्ने बताएकी छन् ।

बिहीबार सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै उनले निजी विद्यालयका शिक्षकहरूको हकमा पनि बन्द हड्ताल गर्न नपाउने व्यवस्था गर्नुपर्ने बताइन् ।

‘विद्यालय, विश्वविद्यालय कहिले कसले बन्द गर्ने, यो कुरा अन्त्य होस् । विद्यालय, विश्वविद्यालय कसैले पनि तालाबन्दी गर्न, बन्द गर्न पाउँदैन’ उनले भनिन्, ‘विद्यार्थीले पाउने मौलिक हकको हनन कसैले गर्न पाउँदैन, जुनसुकै कारण भएपनि ।’

उनले थपिन्, ‘त्यो हामीले शिक्षकहरुको हकमा बन्द हड्ताल गर्न पाउँदैन भनेर लेखेका छौं । तर हामीले त्यो कुरा निजीको लागि पनि लेख्नुपर्नेछ । विद्यालयहरू कुनैपनि बहानामा बन्द गरिनुहुँदैन ।’

सांसद श्रेष्ठले अनिवार्य निःशुल्क शिक्षा तोकेबमोजिम सबैले पाउनुपर्ने बताइन् ।

चर्चामा

सम्बन्धित समाचार