शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • सुदुरपश्चिम प्रदेश
  • बाजुरामा तीन दिनदेखि अवरुद्व राहदानी सेवा पुनः सुचारु

बाजुरामा तीन दिनदेखि अवरुद्व राहदानी सेवा पुनः सुचारु

  • बिहिबार, भदौ ५, २०८२
बाजुरामा तीन दिनदेखि अवरुद्व राहदानी सेवा पुनः सुचारु

बाजुरा—बाजुरामा यहीँ भदौ २ गतेदेखि अवरुद्ध भएको राहदानी सेवा पुनः सुचारु भएको छ । राहदानी सेवाको सिस्टममा समस्या आएर अवरुद्ध भएको सेवा ३ दिनपछि सुचारु भएको हो ।

बाजुराका सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी शितल बहादुर रावलले सिस्टमै आएको समस्या समाधान भएसँगै सेवा पु्‌नः सुचारु भएको जानकारी दिएका छन् ।

यसअघि जिल्ला प्रशासन कार्यालयबाट प्रवाह हुदैँ आएको राहदानी सेवाको वल्ड लिंकमा समस्या आएकाले सेवा अवरुद्ध भएको थियो ।

राहदानी सेवा अवरुद्ध हुँदा जिल्लाका विभिन्न ठाउँबाट त्याँहा पुगेका सेवाग्राहीहरु मर्काका परेका थिए । त्यस्तै तीन दिनसम्म सिस्टममा समस्या भएपछि सेवा पूर्ण रुपमा प्रभावित भएको थियो ।
 

 

चर्चामा

सम्बन्धित समाचार