शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • राजनीति
  • प्रचण्डलाई रविले भने- भैरहवा भन्दा यहाँको बसाइ धेरै राम्रो छ

प्रचण्डलाई रविले भने- भैरहवा भन्दा यहाँको बसाइ धेरै राम्रो छ

  • बुधबार, भदौ ४, २०८२
प्रचण्डलाई रविले भने- भैरहवा भन्दा यहाँको बसाइ धेरै राम्रो छ

काठमाडौं — नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रास्वपा सभापति रवि लामिछानेसँग भेटवार्ता गरेका छन् ।

ललितपुरको नख्खु कारागारमा पुगेर प्रचण्डले रविसँग भेटवार्ता गरेका हुन् ।

भेटवार्ताका क्रममा उनले रविसँग कारागारको बसाइबारे जानकारी लिएको प्रचण्डले बताएका छन् । रविलाई प्रचण्डले भैरहवा कारागारको भन्दा नख्खुमा धेरै राम्रो सेवा सुविधा पाएको जानकारी गराएका छन् ।

‘भैरहवा कारागारको भन्दा यहाँ धेरै राम्रो सेवा सुविधा छ भनेर उहाँले भन्नुभयो,’ रविको भनाइ उद्धृत गर्दै प्रचण्डले भनेका छन् ।

चर्चामा

सम्बन्धित समाचार