शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • राजनीति
  • ठूला दलले संख्याका नाममा असंसदीय अभ्यास गरे प्रतिवाद हुन्छ : रास्वपा

ठूला दलले संख्याका नाममा असंसदीय अभ्यास गरे प्रतिवाद हुन्छ : रास्वपा

  • मङ्लबार, भदौ ३, २०८२
ठूला दलले संख्याका नाममा असंसदीय अभ्यास गरे प्रतिवाद हुन्छ : रास्वपा

काठमाडौं — नेपाली कांग्रेस र नेकपा एमालेले उपसभामुख इन्दिरा रानालाई पदबाट हटाउने तयारी गरेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) आन्तरिक छलफलमा जुटेको छ ।

रास्वपा नेताहरू अनौपचारिक रूपमै आन्तरिक छलफलमा रहेको नेताहरू बताउँछन् ।

अनलाइनखबरसँग कुरा गर्दै रास्वपाका प्रमुख सचेतक सन्तोष परियार संख्याको बलमा जे पनि गर्न सकिन्छ भन्ने ठूला दलले नसोच्नु नै सबैको हितमा हुने बताए ।

‘दुई ठूला दलले संख्याका नाममा गलत खालको क्रियाकलाप गरे, असंसदीय अभ्यास गरे भने त्यसको प्रतिवाद हुन्छ’ उनी भन्छन्, ‘यस्तो अभ्यासले प्रकारान्तरणमा लोकतन्त्रलाई कमजोर बनाउँछ ।’

कांग्रेस र एमालेले तयारी अगाडि बढाएसँगै रास्वपाका नेताहरू आन्तरिक छलफलमा समेत जुटेका छन् । प्रमुख सचेतक परियारले भने, ‘कांग्रेस र एमालेको यो पछिल्लो गलत क्रियाकलाप विरुद्ध कसरी जाने भनेर हामी आन्तरिक छलफलमा छौं, थप छलफल गर्छौं ।’

चर्चामा

सम्बन्धित समाचार