
बाजुरा—बाजुरामा राहदानी सेवा अवरोध भएको छ । जिल्ला प्रशासन कार्यालय बाजुरामा सोमवारदेखि सेवा अवरुद्ध भएको हो ।
जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी तथा सहायक प्रमुख जिल्ला अधिकारी शितल बहादुर रावलले हिजोदेखि सिस्टमै समस्या आएकाले सेवा अवरोध भएको बताए । उनले भने, “यस कार्यालयबाट प्रवाह हुदैँ आएको राहदानी सेवाको वल्ड लिंकमा समस्या आएकाले सेवा अवरुद्ध भएको छ ।” त्यस्तै सहायक सिडियो रावलले उक्त समस्या समाधान नभएसम्म सेवा अवरोध हुने बताए ।
दुई दिनदेखि राहदानी सेवा अवरुद्ध हुँदा बर्षातमा अनेक दुःख झेलेर टाढाबाट त्याँहा पुगेका सेवाग्राहीहरु मर्काका परेका छन् ।
