शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • समाज
  • लैङ्गिक उत्तरदायी र समावेशी शासन प्रवर्धन सम्बन्धी तालिम मार्तडीमा सुरू

लैङ्गिक उत्तरदायी र समावेशी शासन प्रवर्धन सम्बन्धी तालिम मार्तडीमा सुरू

  • सोमवार, भदौ २, २०८२
लैङ्गिक उत्तरदायी र समावेशी शासन प्रवर्धन सम्बन्धी तालिम मार्तडीमा सुरू

बाजुरा– लैङ्गिक उत्तरदायी र समावेशी शासन प्रवर्धन गर्ने उद्देश्यका साथ बाजुराको सदरमुकाम मार्तडीमा दुई दिने तालिम सुरू भएको छ। ससक्त महिला समृद्ध नेपाल कार्यक्रम अन्तरगत रूपान्तरणका लागि संगसंगै परियाेजनाकाे आयाेजनमा समाजमा “लैङ्गिक उत्तरदायी र समावेशी शासन प्रवर्धनका लागि सामाजिक उत्तरदायित्व सम्बन्धी तालिम” संचालन गरिएकाे हाे ।

पालिका संगकाे समन्वयमा गरिएकाे तालिममा विभिन्न सामाजिक संघ संस्थाका प्रतिनिधिहरू सहभागी रहेका छन् । दुई दिनसम्म संचालन हुने साे तालिमकाे बडिमालिका नगरपालिकाका कार्यबाहक नगरप्रमुख डम्मर महतकाे प्रमुख आतिथ्यतामा उद्धाटन गरिएकाे थियाे । कार्यक्रममा बडीमालिका नगरपालिका  महिला अगुवा, नागरिक समाजका प्रतिनिधि, सञ्चारकर्मी तथा सरोकारवाला निकायका सहभागीहरूको उपस्थिति रहेको आयोजकले जनाएको छ।

यस तालिमको उद्देश्य सामाजिक उत्तरदायित्वलाई संस्थागत गर्दै लैङ्गिक समानता, समावेशी शासन प्रणाली र उत्तरदायी नेतृत्व विकासमा जोड दिने  ओरेक नेपालका सुदुरपश्चिम प्रदेश संयाेजक सपना थापाले बताएकी छन । तालिममार्फत सहभागीहरूलाई लैङ्गिक संवेदनशीलता, स्थानीय सरकारमा महिलाको सहभागिता, नीति निर्माणमा उत्तरदायित्व र नागरिक निगरानीका बारेमा व्यावहारिक ज्ञान प्रदान गरिने उनले बताएकी छन ।

कार्यक्रम “सशक्त महिला, समृद्ध नेपाल” कार्यक्रम अन्तरगत रूपान्तरणका लागि संगसंगै परियाेजनाद्धारा  तालिमकाे आयोजना गरिएकाे छ । युनियन, संयुक्त राष्ट्रसंघ, नेपाल सरकार बडीमालिका नगरपालिका तथा सरोकारवाला निकायहरूको सहकार्य रहेको जनाएकाे थापाले बताएकी छन  ।

आयोजकका अनुसार समावेशी शासन प्रणालीले मात्र दिगो विकास सुनिश्चित गर्न सक्ने भएकाले यस्ता तालिम आवश्यक रहेको छ। कार्यक्रममा सहभागी प्रतिनिधिहरूले लैङ्गिक समानता प्रवर्द्धनका लागि राज्यका हरेक तहमा महिलाको सहभागिता वृद्धि गर्नुपर्ने, नीति निर्माणदेखि बजेट व्यवस्थापनसम्म लैङ्गिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्नु पर्नेमा जोड दिएका छन्।

तालिमका प्रशिक्षकहरूले सहभागीलाई सामाजिक उत्तरदायित्वका विविध अभ्यासबारे जानकारी दिँदै नागरिक निगरानी, जवाफदेही नेतृत्व र समावेशी निर्णय प्रक्रियामा कसरी योगदान पुर्‍याउन सकिन्छ भन्नेबारेमा पनि प्रशिक्षण दिने बताएका छन्।

बाजुरामा आयोजना भएको यो तालिमले जिल्लामा मात्र नभई सुदूरपश्चिम प्रदेशकै स्थानीय तहमा लैङ्गिक उत्तरदायी र समावेशी शासन प्रणालीलाई सुदृढ बनाउन सकारात्मक योगदान पुर्‍याउने अपेक्षा गरिएको छ। तालिमकाे सहजीकरण प्रतिनिधि ठाकुर करिया चाैधरी र ओेरक प्रदेश संयाेजक सपना थापाले गरिरहेका छन ।

चर्चामा

सम्बन्धित समाचार