आइतवार, मंसिर २९, २०८२
  • होमपेज
  • समाचार
  • अर्थसहित तीनवटा संसदीय समितिको बैठक बस्दै

अर्थसहित तीनवटा संसदीय समितिको बैठक बस्दै

  • सोमवार, भदौ २, २०८२
अर्थसहित तीनवटा संसदीय समितिको बैठक बस्दै

संघीय संसद अन्तर्गत विभिन्न तीनवटा समितिका बैठक बस्दै छन् । सोमबार अर्थ समिति, विधायन व्यवस्थापन समिति र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्न लागेको हो ।

अर्थ समितिको बैठक बिहान ११ बजे सिंहदरबारमा बस्दैछ । बैठकमा वैकल्पिक विकास वित्त परिचालनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि दफावार छलफल गर्ने कार्यसूची रहेको छ ।

यस्तै, विधायन व्यवस्थापन समितिको बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा संघीय निजामती सेवा विधेयक, २०८० माथि सैद्धान्तिक छलफल हुनेछ ।

यसैगरी, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक दिउँसो ३ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा विद्यालय शिक्षा विधेयक, २०८० सम्बन्धी समितिको प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको छ ।

चर्चामा

सम्बन्धित समाचार