शुक्रबार, मंसिर २०, २०८२

ओल्के पर्व

  • आइतवार, भदौ १, २०८२
ओल्के पर्व

बाजे बज्यैका कथा, आमाको गीत, बुबाको संघर्ष र केटाकेटीको हाँसो मिसिने
पुस्तादेखि पुस्तामा बगिरहेको सम्झनाको लहरो
गाउँ समाजलाई एउटै धागोमा सिँउरिदिने,
एकतामा बाँधिदिने
टिका र प्रसाद ढोकामा राखी
धानका बाला हेरेर
भविष्यको मापन गर्ने
अतिथि संस्कारलाई भर्ने
स्मृतिमा उज्यालो छर्ने
आशामा हरियाली भर्ने
पर्व हो ओल्के ।

एकैसाथ जोड्छ यसले,
धार्मिक आस्था, सामुदायिक सहकार्य, माया र उत्सव
त्यसैले,
सांस्कृतिक धरोहर हो,
एकता र मायाको बाँध हो
आशा र भरोसाको काँध हो
माटो र मानवको सम्बन्धको साँध हो
सुदूर पश्चिममा खास हो ।
ओल्के पर्व ।

चर्चामा

सम्बन्धित समाचार