
बाजुरा—अविरल बर्षापछि पहिरोले अवरुद्ध साँफे—मार्तडी सडकखण्ड पुनःसञ्चालनमा आएको छ । शुक्रवार रातिदेखिको अविरल बर्षाले अवरुद्ध बाजुरा सदरमुकाम मार्तडी जोडने सडकखण्ड खुलेको हो ।
अविरल बर्षाका कारण सडकखण्डका विभिन्न ठाउँमा पहिरो खसेपछि सडकखण्ड अवरुद्ध भएको थियो । बुढीगंगा नगरपालिका १ अमकोट र बडीमालिका नगरपालिका ४ रिलामा सडक माथिबाट खसेको पहिरोले सडकखण्ड अवरोध भएको थियो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक तथा सूचना अधिकारी देवबहादुर चौधरीले अवरुद्ध साँफे—मार्तडी सडकखण्ड खुलेको बताएका छन् । उनले अमकोट र रिलामा सडकमाथिबाट आएको पहिरो जेसीबीमार्फत पन्छाएर सडक पुनः सञ्चालन भएको जानकारी दिए ।
सडकखण्ड खुलेपछि शनिवार बिहानदेखि रोकिएका सवारी साधनहरु समेत गन्तव्यतर्फ जान थालेका छन् ।
