आइतवार, मंसिर २९, २०८२
  • होमपेज
  • समाचार
  • संघीय संसद्का २ समितिका बैठक बस्दै

संघीय संसद्का २ समितिका बैठक बस्दै

  • शुक्रबार, साउन ३१, २०८२
संघीय संसद्का २ समितिका बैठक बस्दै

संघीय संसद् अन्तर्गतका २ समितिको बैठक बस्दै छ । संघीय संसद् सचिवालय, सिंहदरवार परिसरमा उक्त बैठक बस्नेछन् । जसअनुसार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बिहान ११ः०० बजेबाट सुरु हुनेछ ।

जुन बैठकमा नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ र नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ माथि मन्त्रालयबाट बृहत्तर तुलनात्मक विश्लेषण सहितको प्रस्तुतिकरण र छलफल गरिनेछ ।

साथै, सार्वजनिक लेखा समितिको बैठकमा ट्रकको भारवहन क्षमता सम्बन्धमा समितिमा प्राप्त उजुरी उपर छलफल हुनेछ । जुन बैठक बिहान ११ः०० बजे बोलाइएको छ ।

चर्चामा

सम्बन्धित समाचार