शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • स्वामिकार्तिक खापर
  • स्वामीकार्तिक खापर गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा चौधरी

स्वामीकार्तिक खापर गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा चौधरी

  • मङ्लबार, साउन २८, २०८२
स्वामीकार्तिक खापर गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा चौधरी

बाजुरा– बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा देवराज चौधरी हाजिर भएका छन । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले चौधरीलाई पालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा खटाएको हो ।

मन्त्रालयले सरुवा गरेर गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा खटाएसँगै शाखा अधिकृत चौधरी मंगलवार गाउँपालिकामा हाजिर भएका छन् । लामो समयदेखि निमित्तका भरमा सञ्चालन हुदैँ आएको पालिकाले अहिले प्रमुख प्रशासकीय अधिकृत पाएको हो । प्रमुख प्रशासकीय अधिकृत चौधरीलाई गाउँपालिका उपाध्यक्ष सुलाेचना भण्डारी लगायतले स्वागत गरेका छन् ।

गाउँपालिका अध्यक्ष भरत बहादुर रोकायाले पालिकाले प्रमुख प्रशासकिय अधिकृतको पाएसँगै विकास निर्माण तथा आर्थिक र प्रशासनिक कार्यमा तीव्रता तथा थप सुधार हुने विश्वास व्यक्त गरे ।

त्यस्तै यसअघि २०८१ चैत्र १ गते पालिकाको निर्णय बमोजिम मन्त्रालयले गाउँपालिकामा कार्यरत कर्मचारीहरु मध्ये बरिष्ठ कर्मचारी पारस बहादुर शाहीलाई निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएको थियो । गाउँपालिकाको स्वास्थ्य संयोजकको जिम्मेवारीमा रहेका शाहीलाई आर्थिक तथा प्रशासनिक कार्यको जिम्मेवारी मन्त्रालयबाट प्रमुख प्रशासकीय अधिकृत नखटाइएसम्मका लागि आर्थिक तथा प्रशासनिक कार्यको जिम्मेवारी दिइएको थियो । शाही यसअघि पनि २०७७ चैत्रदेखि ०७९ असारसम्म पनि निमित्त प्रमुख प्रशासकीय अधिकृतका रुपमा काम गरेको थिए ।

चर्चामा

सम्बन्धित समाचार