शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • जन्मजात नागरिकता खारेज मामिलामा फेरि अड्किए ट्रम्प

जन्मजात नागरिकता खारेज मामिलामा फेरि अड्किए ट्रम्प

  • मङ्लबार, साउन २८, २०८२
जन्मजात नागरिकता खारेज मामिलामा फेरि अड्किए ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनलाई अर्को झट्का लागेको छ । मेरिल्याण्डको सङ्घीय अदालतले अमेरिकामा अवैध वा अस्थायी रूपमा बसोबास गर्ने मानिसका छोराछोरीलाई नागरिकता दिइने छैन भनेर ट्रम्पले दिएको आदेशमा रोक लगाइदिएको छ ।

जन्मसिद्ध अधिकार खारेज गर्ने ट्रम्पको नीतिलाई कुनै अमेरिकी अदालतले अवैध घोषित गरेको यो चौथो पटक हो । ट्रम्पको आदेशले अमेरिकी संविधानको १४ औँ संशोधनको उल्लङ्घन गरेको मेरिल्याण्डकी अमेरिकी जिल्ला न्यायाधीश डेबोरा बोर्डम्यानले स्पष्ट पारेकी छिन् । अमेरिकामा जन्मेका सबै बच्चा नागरिकताको हकदार भएको उनले भनिन् ।
आमाबाबुको कानुनी स्थितिलाई जे जस्तो भए पनि ती बच्चा नागरिकताको हकदार भएको उनको भनाइ थियो । अदालतले यो आदेश २०२५ को फेब्रुअरी १९ पछि जन्मेका सबै बच्चाहरूमा लागू गरेको छ ।

चर्चामा

सम्बन्धित समाचार