
अमेरिकाको टेक्सासमा बस्दै आएकि लता सुबेदीको एनआरएनए टेक्सासको सचिव पदमा उम्मेदवारी दिएकी छन् । अगस्ट १६ र १७ गते हुने चुनावमा सुबेदीले महिला सचिब पदको उम्मेदवारी दिएकि छन् । एकजनाको पदमा दुइजनाको उम्मेदवारी रहेको छ । उनको प्रतिश्पर्धामा रिना कार्की क्षेत्री रहेकि छन् ।
विगत १ दशक देखी अमेरिका बस्दै आएकी सुवेदी सामाजिक सेवामा समेत सक्रिय छन् । उनले अमेरिका समस्यामा परेका नेपाली लाइ सहयोग तथा सहजिकरण गर्ने गरेकि छन् । त्यस्तै नेपालमा थुप्रै क्षेत्रमा सामाजिक कार्यमा समेत संलग्नता रहेको छ । अगस्ट १६ तारिकको १० बजे देखी १७ तारिकको बिहान १० बजे सम्म मतादान गरिसक्ने रहेको छ । मतदान प्रक्रिया अनलाइनमा हुने भएको छ ।
लताले भनिन्, आफुले चुनाव जितेमा नेपालीहरुको हकहितमा वकालत तथा पैरवी गर्ने वताएकि छन् । साथै संस्थालाइ अझै बलियो तथा संस्थागत विकासमा लैजाने वताईन् । सबैलाइ भोट हालेर सहयोग गर्ने समेत अपिल गरेकि छन् ।

