शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • खानेकुरा कुरिरहेकामाथि इजरायली आक्रमण, एकैदिन २६ जनाको मृत्यु

खानेकुरा कुरिरहेकामाथि इजरायली आक्रमण, एकैदिन २६ जनाको मृत्यु

  • बुधबार, साउन २२, २०८२
खानेकुरा कुरिरहेकामाथि इजरायली आक्रमण, एकैदिन २६ जनाको मृत्यु

एजेन्सी– गाजाको नागरिक सुरक्षा निकायका अनुसार इजरायली गोली प्रहार र हवाई आक्रमणमा कम्तीमा २६ जनाको मृत्यु भएको छ । तीमध्ये १४ जना सहायता वितरण केन्द्र नजिकै पर्खिरहेका बेला मारिएका हुन् । दक्षिण गाजाको खान युनिसमा सहायता पर्खिरहेका आठ जना इजरायली गोलीबाट मारिएको र मध्य गाजामा ६ जना को ज्यान गएको पुष्टि गरिएको छ ।

त्यस्तै, अल–मावासी क्षेत्रस्थित टेन्टमा रातको हवाई आक्रमणमा पाँच जनाको मृत्यु भएको जनाइएको छ । गाजा सहर नजिक र खान युनिसमा भएका थप आक्रमणमा सात जनाको मृत्यु भएको जानकारी दिइएको छ । मानविक सहायता वितरण केन्द्रहरूमा दैनिक भिडभाड भइरहेका बेला पनि गोली प्रहार हुने घटना दोहोरिएको गाजाली जनताको भनाइ छ । इजरायली सेनाले घटनाको अनुसन्धान भइरहेको जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार