
“झ्याउरे छन्द ” कविता – संस्कार हरायो
तिजको बेला फैलिन्छ छोरी बिकृती गाउँमा
बियर हुस्की , नखाउ छोरी ,दरको नाउँमा
मासुको चोक्टा नछुनु छोरी रमाउ लड्डुमा
लगाउ साडी लगाउ चोलो, न नाँच कट्टुमा
हरायो धुन, बजेर डिजे ,हराए भजन
नत छ रंग, नत छ ढंग ,के आयो फेसन
दरको नाम ,छ गर्ल्स पार्टी हुन्छ क्याबिनेट
शिवजी भुले भो सेल्फी मुखी पोजको स्टेट।।
काटेको घाँस गाइले खान, पाएन साँझमा
रमायौ छोरी साँझको बेला , बियर बारमा
आमाले काम तमाम गरे पसिना चुहाई।
छोडेर घर गयौ है नाच्न , आमा नै रुवाई
नराम्रो तिर ,हे युवा साथी कहिले नपर
इज्जत जान्छ ,गलत काम , कहिले नगर
यो छाडा पन, युवाले पनि ,के मन परायो
आजका युवा ,सस्कृती भुले संस्कार हरायो
के मिल्छ भन नाइटो माथी त्यो ट्याटु खोपेर
न फाल मान, हिँड है छोरी , शरीर छोपेर
बसेर व्रत , मनाउ तिज , अगाडी सरेर
रम्नु नि पर्छ बर्षको काज , सत्कर्म गरेर
पारस भट्ट प्यासी — सुदुरपश्चिम बैतडी
रचना २० ८१ , भ्राद २१ गते
