शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • स्वास्थ्य तथा जीवनशैली
  • दुइ दिनदेखि बयालपाटा अस्पतालका सेवाहरु ठप्प

दुइ दिनदेखि बयालपाटा अस्पतालका सेवाहरु ठप्प

  • सोमवार, साउन २०, २०८२
दुइ दिनदेखि बयालपाटा अस्पतालका सेवाहरु ठप्प

अछाम– अछामको बयालपाटा अस्पतालले २ दिनदेखि आकस्मीक बाहेकका अन्य सेवाहरु बन्द गरेको छ । अस्पतालमा कार्यरत कर्मचारीहरुले सेवा समाप्ती पश्चात श्रम ऐन २०७४ को धारा १४५ र न्याय हेल्थ नेपालको एच. आर. पोलिसि को बुदा नं. ६४ बमोजिम नियमानुसार पाउनुपर्ने सुविधा नपाएको भन्दै प्रेस विज्ञप्ती जारी गरी सेवा ठप्प राखेका हुन ।
देशकै नमुना अस्पताल मानिने बयालपाटा अस्पताल करिब १७ वर्ष देखि न्याय हेल्थ नेपाल नामक गैरसरकारी संस्था र नेपाल सरकारको साँझेदारीमा सञ्चालनमा थियो । गैरसरकारी सस्थाको सम्झौता अवधि सकिएपछि आगामी भदौ १ गतेबाट सुदूरपश्चिम प्रदेश सरकारले सञ्चालन गर्न लागेको छ ।
प्रदेश सरकाले अस्पताल सञ्चालन गर्दा करिब १५० जना कार्यरत यस अस्पतालका कर्मचारीहरु पनि जागिर बच्छ या बच्दैन भन्ने विषयमा चिन्तित छन् । प्रदेश सरकारले सञ्चालन गर्न लागेको ५० सैयाको यो अस्पताल प्रदेशकै चौथो र पहाडी जिल्लाको पहिलो अस्पताल हो । दैनिक ३०० र वार्षिक १ लाख भन्दा बढी बिरामीलाई सेवा प्रदान गर्दै आएको यस अस्पतालमा बहिरंग सेवा तथा २४ सै घण्टा अन्तरंग सेवा, आकस्मिक सेवा, प्रयोगशाला तथा एक्सरे सेवा उपलब्ध छ ।

अछाम, बाजुरा, डोटी, दैलेख, मुगु, हुम्ला लगाएतका बिरामीहरुलाई निःशुल्क स्वास्थ्य सेवा दिदै आएको अस्पताललाई दातृ निकायकोे सम्झौता अवधि सकिएपछि सञ्चालनमा कठिनाई आएको थियो । नागरिकको स्वास्थ्यलाई ख्याल गर्दै, सरोकारवालाको मागलाई सम्बोधन गरी बयालपाटाको दीर्घकालीन व्यवस्थापन गर्न प्रदेश सरकारले अस्पताल सञ्चालन सम्बन्धी कानून बनाई प्रदेश राजपत्रमा प्रकाशित भएसँगै अस्पताल सञ्चालन गर्न बाटो खुलेको हो । प्रदेश सरकारले अस्पताललाई आफ्नो मातहतमा ल्याउने निर्णय गरेपछि यही भाद्र १ गते बाट प्रादेशिक अस्पतालको रुपमा सञ्चालनमा आउने भएको हो ।

चर्चामा

सम्बन्धित समाचार