शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • तीन सन्तान जन्माउने आमाबाबुलाई १५ सय डलर दिने चीनको घोषणा

तीन सन्तान जन्माउने आमाबाबुलाई १५ सय डलर दिने चीनको घोषणा

  • मङ्लबार, साउन १४, २०८२
तीन सन्तान जन्माउने आमाबाबुलाई १५ सय डलर दिने चीनको घोषणा

विश्वकै दोस्रो ठूलो अर्थतन्त्र भएको चीन घट्दो जन्मदरको संकटसँग जुधिरहेको छ । यस समस्याबाट पार पाउन चीनले एकभन्दा बढी सन्तान जन्माउने अभिभावकलाई अनुदान दिने घोषणा गरेको छ ।

नयाँ नीतिअनुसार अब तीन वर्षभन्दा कम उमेरका प्रत्येक बच्चाका लागि आमाबाबुलाई वार्षिक ५ सय अमेरिकी डलर दिइनेछ, जसअनुसार अधिकतम तीन बच्चा भएका परिवारलाई १५ सय डलरसम्मको अनुदान दिइनेछ ।

जन्मदर बढाउन सोमबार घोषणा गरिएको यो नीतिले झन्डै २ करोड परिवारलाई सन्तानको पालनपोषणमा सहयोग पुग्ने चिनियाँ सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।

एक दशकअघि चीनले लामो समयदेखि लागू एक सन्तान नीतिलाई अन्त्य गरिसकेको थियो । तर त्यसपछि समेत देशको जन्मदर घट्दो क्रममा नै रहँदै आएको छ ।

चर्चामा

सम्बन्धित समाचार