आइतवार, मंसिर २२, २०८२
  • होमपेज
  • समाचार
  • प्रतिनिधिसभा बैठक १० दिनका लागि स्थगित

प्रतिनिधिसभा बैठक १० दिनका लागि स्थगित

  • शुक्रबार, साउन १०, २०८२
प्रतिनिधिसभा बैठक १० दिनका लागि स्थगित

काठमाडौं — प्रतिनिधिसभा बैठक १० दिनका लागि स्थगित भएको छ ।

शुक्रबारको बैठक अन्त्य गर्दै सभामुख देवराज घिमिरेले अर्को बैठक आगामी १९ साउन दिउँसो १ बजे बस्ने जानकारी दिए ।

शुक्रबारको बैठकमा तिलगंगा नेत्र विश्वविद्यालय विधेयकमाथि छलफल भयो । छलफलपछि सभाले यो विधयकमाथि बिचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत गरेको छ । यो सँगै अब ७२ घण्टाभित्र सांसदहरूले विधेयकमाथि संशोधन प्रस्ताव राख्न सक्दछन् ।

यो विधेयक राष्ट्रिय सभाबाट पारित भएर प्रतिनिधि सभामा आएको विधेयक हो ।

प्रस्तावित विधेयकमा तिलगंगा नेत्र विश्वविद्यालय नेपाल आँखा कार्यक्रम र अन्धोपन निवारण समाजको सम्पत्ति तिलगंगा नेत्र विश्वविद्यालयमा सार्ने लगायतका प्रावधान छ ।

चर्चामा

सम्बन्धित समाचार