शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • राजनीति
  • ‘म एमालेमै छु, मेरो जीवन जोडिएको ४५ वर्षको सदस्यता कसैले खान सक्दैन’–भण्डारी

‘म एमालेमै छु, मेरो जीवन जोडिएको ४५ वर्षको सदस्यता कसैले खान सक्दैन’–भण्डारी

  • शुक्रबार, साउन १०, २०८२
‘म एमालेमै छु, मेरो जीवन जोडिएको ४५ वर्षको सदस्यता कसैले खान सक्दैन’–भण्डारी

काठमाडौं— पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफू पार्टी त्यागेर राष्ट्रपति नबनेको भन्दै पुन: पार्टीकै जिम्मेवारी लिएर सदस्यता नवीकरण गरेको स्पष्टीकरण दिएकी छिन् ।

शुक्रबार आयोजित पत्रकार सम्मेलनमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले कसैले चाहँदैमा आफ्नो सदस्यता खान नसक्ने प्रतिक्रिया दिइन् ।

‘अहिले कसैलाई लाग्यो भन्दैमा मेरो सदस्यता खान सक्छ जस्तो लाग्दैन,’ भण्डारीले भनेकी छिन् ।

उनले विधिअनुसार नै पार्टी परिवारको सदस्यमा जोडिएको स्पष्ट पारिन् ।

‘म नेकपा एमालेको पार्टी जीवनमा पुन: आएँ । म ४५ वर्ष पार्टी सदस्य भएपछि राष्ट्रपतिको शपथ खाएको हुँ । मैले पार्टी त्यागेर गएको होइन,’ उनले भनिन्, ‘पार्टीकै जिम्मेवारी लिएर गएको हो । आइसकेपछि विधिअनुसार नै गरेको हुँ । म नेकपा एमालेको परिवारमा अहिले पनि आबद्ध छु भनेको हुँ ।’

चर्चामा

सम्बन्धित समाचार