शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • बाजुरा बिशेष
  • बाजुरामा बुधवार रातिदेखि विद्युत सेवा अवरुद्व

बाजुरामा बुधवार रातिदेखि विद्युत सेवा अवरुद्व

  • बिहिबार, साउन ९, २०८२
बाजुरामा बुधवार रातिदेखि विद्युत सेवा अवरुद्व

बाजुरा—बाजुरामा बुधवार रातिदेखि विद्युत सेवा अवरुद्ध भएको छ । सदरमुकाम मार्तडी सहित जिल्लाभर राष्ट्रिय प्रशारण लाइनको विद्युत सेवा अवरुद्ध भएको छ ।

हिजो राति देखि अवरुद्ध भएको विद्युत हालसम्म आपूर्ति हुन सकेको छैन् । विद्युत सेवा अवरुद्ध भएपछि सर्वसाधारणसँगै जिल्लाका सरकारी तथा गैरसरकारी निकायमा कामकाज तथा सेवा प्रवाह प्रभावित भएको छ ।

त्यस्तै जिल्ला प्रशासन कार्यालयमा नागरिकता, राष्ट्रिय परिचयपत्र, राहदानी लगायतका सेवाका लागि सेवाग्राहीको भीड लागेपनि विद्युत नहुँदा समस्यामा परेको गुनासो गरेका छन् ।

यस विषयमा नेपाल विद्युत प्राधिकरण बाजुरा वितरण केन्द्रले भने बार्जुगाडमा विद्युत लाइनमा समस्या आएकोले सेवा अवरोध भएको जनाएको छ । अहिले त्याँहा प्राविधिकहरुको टोली पुगेर मर्मत भइरहेकोले अबको केही घण्टाभित्रै विद्युत सेवा सुचारु हुने जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार