शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • बुढीगंगा
  • बुढीगंगा नगरपालिकाद्धारा विशिष्ट योगदान दिने ७ जनालाई नगदसहित सम्मान

बुढीगंगा नगरपालिकाद्धारा विशिष्ट योगदान दिने ७ जनालाई नगदसहित सम्मान

कक्षा ५, ८ र एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी पुरस्कृत

  • बुधबार, साउन ८, २०८२
बुढीगंगा नगरपालिकाद्धारा विशिष्ट योगदान दिने ७ जनालाई नगदसहित सम्मान

बाजुरा—बाजुराको बुढीगंगा नगरपालिकाले विशिष्ट योगदान दिने व्यक्तित्वहरुलाई सम्मान गरेको छ । मंगलवार नगरपालिकाको बार्षिक समिक्षा कार्यक्रममा विभिन्न क्षेत्रमा ख्यातिप्राप्त तथा विशिष्ट योगदान दिने व्यक्तिहरुलाई नगदसहित सम्मान गरेको हो ।

नगरपालिकाले नगरसभाको निर्णय बमोजिम विधागत रुपमा रहेक बर्ष प्रदान गर्दै आएको सम्मान तथा पुरस्कारलाई यस बर्ष पनि निरन्तरता दिएको छ ।

नगर प्रमुख राम बहादुर बानियाँले विविध क्षेत्रमा योगदान दिएका कर्मचारी तथा समाजसेवीहरुलाई सम्मानित गरेको जानकारी दिएका छन् । उनका अनुसार विधागत रुपमा नगरपालिकाका ७ जनालाई नगदसहित सम्मान गरिएको छ ।

शेर बहादुर शाह समाज सेवा सम्मानबाट वडा नम्बर २ का चन्द्र बहादुर थापा, रत्नकर जैशी साहित्य सम्मानबाट सोही वडाका लाल बहादुर थापालाई सम्मानित गरिएको नगर प्रमुख बानियाँले बताए । नर सिं गिरी शैक्षिक सम्मानबाट वडा नम्बर ४ का रंग बहादुर खाती, राष्ट्रसेवक कर्मचारी विशिष्ट योगदान पुरस्कार वडा नम्बर ५ का डम्म बहादुर थापालाई सम्मान गरेको उनले बताए ।

May be an image of 5 people and text

त्यसैगरी, स्वास्थ्य सेवा विशिष्ट योगदान पुरस्कारबाट वडा नम्बर ४ का हिक्मत बहादुर कटुवाल, शैक्षिक क्षेत्र विशिष्ट योगदान पुरस्कारबाट शिक्षक मोहन देव जोशी र चेतनदिप सफल युवा उद्यमी पुरस्कारबाट वडा नम्बर ६ का उमाकान्त पाध्यायलाई सम्मानित गरिएको छ । विधागत रुपमा सम्मानितहरुलाई ३ जनालाई १० हजार र ४ जनालाई जनही ५ हजार नगद सहित सम्मानित गरिएको छ ।

May be an image of 3 people and text

May be an image of 4 people and text

उनीहरुलाई नगर प्रमुख राम बहादुर बानियाँ, नगर उपप्रमुख माया कुवँर खड्का र प्रमुख प्रशासकीय अधिकृत अम्मरराज जोशीले संयुक्त नगद सहित सम्मान पत्रले सम्मानित गरेका हुन् ।

त्यस्तै, नगरपालिकासँग साझेदारीमा काम गरी रहेका गिफ्‌ट नेपाल, सेतो गुराँस र साहस नेपाललाई पनि सम्मान गरिएको नगर उपप्रमुख माया कुवँर खड्काले बताएकी छन् ।

यस्तै उनले हरेक बर्ष झै २०८१ मा पनि कक्षा ५, ८ र एसईईमा नगर स्तरमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुलाई पुरस्कृत गरेको बताइन् । उनका अनुसार प्रथम, द्धितीय र तृतीय स्थान हासिल गरेका १० जना विद्यार्थीलाई नगद सहित प्रमाण पत्रले पुरस्कृत गरिएको छ ।

 

चर्चामा

सम्बन्धित समाचार