शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • राजनीति
  • विद्या भण्डारीलाई राजनीतिमा आउन नदिने निर्णयमा तीन नेताका असहमति

विद्या भण्डारीलाई राजनीतिमा आउन नदिने निर्णयमा तीन नेताका असहमति

  • बुधबार, साउन ८, २०८२
विद्या भण्डारीलाई राजनीतिमा आउन नदिने निर्णयमा तीन नेताका असहमति

पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई राजनीतिमा फर्कन रोक लगाउने पार्टीको निर्णयमा नेकपा एमालेका तीन जना नेताले असहमति जनाएका छन् । पार्टी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पार्टी विधानको धारा ८ र ९ देखाउँदै सदस्यता नवीकरण गर्न नहुने निर्णय सुनाएका थिए ।

ओलीले उक्त निर्णय सुनाउँदै गर्दा उपाध्यक्षद्वय सुरेन्द्र पाण्डे, युवराज ज्ञवाली र कर्ण थापाले फरक मत राखेका हुन् । उनीहरूले पार्टीको यो निर्णयमा असहमति राखेको प्रचार विभाग प्रमुख राजेन्द्र पाण्डेले जानकारी दिए ।

‘सुरेन्द्र पाण्डे, युवराज ज्ञवाली र कर्ण थापाले असहमति व्यक्त गर्नुभएको छ,’ उनले भने, ‘उहाँहरूले बैठकमा उठेर असहमति राख्नुभएको हो ।’ हिजो र आज चलेको केन्द्रीय कमिटी बैठकपछि पार्टीले यस्तो निर्णय लिएको हो । जबकी मंगलबार मात्रै भण्डारीले आफू अघि बढिसकेको र नफर्कने बताएकी थिइन् ।

चर्चामा

सम्बन्धित समाचार