शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • बुढीगंगा
  • बुढीगंगा नगरपालिकाद्वारा बार्षिक प्रगति समिक्षा कार्यक्रम

बुढीगंगा नगरपालिकाद्वारा बार्षिक प्रगति समिक्षा कार्यक्रम

  • मङ्लबार, साउन ७, २०८२
बुढीगंगा नगरपालिकाद्वारा बार्षिक प्रगति समिक्षा कार्यक्रम

बाजुरा—बाजुराको बुढीगंगा नगरपालिकाले बार्षिक प्रगति समिक्षा कार्यक्रम गरेको छ । मंगलवार नगरपालिकाले एक बर्षमा गरेको प्रगति विवरण सार्वजनिक गर्दै समिक्षा कार्यक्रम गरेको हो ।

नगरपालिकाले गत आर्थिक बर्ष २०८१।८२ मा गरेका काम कारबाही, कार्यक्रम तथा प्रगति विवरण एक औपचारिक कार्यक्रमविच सार्वजनिक गर्दै समिक्षा गरेको जनाएको छ ।

कार्यक्रममा गत आर्थिक बर्षमा सम्पादित काम तथा सञ्चालित कार्यक्रमहरुको सम्पूर्ण शाखा, सीप विकास केन्द्र, न्यायिक समिति, विपद् व्यवस्थापन समिति प्रमुखहरुले प्रस्तुतीकरण गरेका थिए ।

त्यस्तै कार्यक्रममा सहभागीहरुले कामको सार्वजनिक र समिक्षाको राम्रो अभ्यास गरेको भन्दै आगामी दिनहरुमा पालिकाको लक्ष्यअनुसार तुलनात्मक रुपमा समिक्षा हुनुपर्ने बताएका छन् ।

बुढीगंगा नगरपालिकाका नगर प्रमुख राम बहादुर बानियाँले पालिकाले गत आर्थिक बर्षमा गरेका क्रियाकलापको समिक्षा गरिएको बताएका छन् । उनले नगरपालिकाले सुशासन प्रत्याभूति गर्ने प्रयास गरेको भन्दै पारदर्शीता, जवाफदेहिता र उत्तरदायित्वका लागि समिक्षा कार्यक्रम गरेको बताए । त्यस्तै नगर प्रमुख बानियाँले यसअघि वडागत रुपमा र पालिका स्तरीय सार्वजनिक सुनुवाई कार्यक्रम समेत गरेको भन्दै हरेक कार्यक्रमलाई जनमुखी बनाउन लागि लागि परेको बताए । उनले पालिकाबाट सहज रुपमा सेवा प्रवाह, काम कारबाहीसँगै पालिकाले सीप विकास केन्द्रबाट बेरोजगार युवाहरुलाई सीप सिकाएर आत्मनिर्भर बनाउने लक्ष्य अघि सारेको बताएका छन् ।

त्यस्तै कार्यक्रममा बोल्दै नगर उपप्रमुख माया कुवँर खड्काले कार्यक्रमलाई जनतामुखी बनाउन लागि रहेको भन्दै समृद्ध बुढीगंगा बनाउन सबैको सकरात्मक सहयोगको आवश्यकता रहेको बताइन् । त्यस्तै उनले पालिकाका सम्पूर्ण कर्मचारीहरुलाई कसैको दबाबमा नपरेर पारदर्शीता र इमान्दारीतापूर्वक काम गर्न आग्रह गरेकी छन् । उनले आगामी दिनहरुमा कर्मचारी तथा जनप्रतिनिधिहरुविच एकआपसमा सहयोग र सहकार्यले कार्यसम्पादनमा थप सुधार गर्नुपर्नेमा जोड दिइन् ।

त्यस्तै नगरपालिकाले बार्षिक समिक्षा कार्यक्रममा विभिन्न क्षेत्रमा उत्कृष्ट काम गर्ने कर्मचारी, व्यवसायी तथा उत्कृष्ट विद्यार्थीहरुलाई नगद सहित सम्मानित समेत गरेको छ ।

नगर प्रमुख राम बहादुर बानियाँको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा उपप्रमुख माया कुवँर खड्का, प्रमुख प्रशासकीय अधिकृत अम्मरराज जोशी, वडा अध्यक्ष, कार्यपालिका सदस्य, संघसंस्था, राजनितिक दलका प्रतिनिधि, स्थानीय लगायतको सहभागीता रहेको थियो ।

कार्यक्रमको सञ्चालन नगरपालिकाका कर्मचारी टंक सिंहले गरेका हुन् ।

चर्चामा

सम्बन्धित समाचार