शनिबार, मंसिर २१, २०८२
  • होमपेज
  • कला /साहित्य
  • बास्तबिक शिक्षा के हो? (कबिता)

बास्तबिक शिक्षा के हो? (कबिता)

  • मङ्लबार, साउन ७, २०८२
बास्तबिक शिक्षा के हो? (कबिता)

 

शिक्षा भनेको के हो नि राजा,
के डिग्रीकै हो ठुलो समाजमा बाजा?
पढे लेखेका धेरै छन् यहाँ,
तर हृदयमा छैन न कुनै दया।

अनि के भनौँ शिक्षाको सार,
जब बोली कटु, व्यवहार विकार?
घमण्डले ग्रस्त, देखिन्छ मान्छे,
डिग्री त छ तर अन्धकारमा साँचै।

गाउँको त्यो बूढो किसानलाई हेर,
न पढेको न लेखेको, तर मनमा घेर —
मिठास, नम्रता, सादगी थुप्रै,
ऊ असल शिक्षक, देखिन्छ सप्रै।

न बोकेको डिग्री, न चकचकी पेन,
तर अरूलाई गर्छ हृदयले भेन।
‘म मानिस हुँ’ भन्न सक्ने सामर्थ्य,
त्यो छ उसमा, छैन कागजको अर्थ।

अर्कोतिर छ शहरको बाबु,
फ्रेममा सजिएका प्रमाणपत्र साभु।
तर बोली घृणित, व्यवहारमा विष,
कसैलाई सुक्खा, कसैलाई निराश।

गाउँको मान्छे ‘गोबरको कीरा’,
भन्छ उ हाँसेर, बुझ्दैन पीरा।
शिक्षा हो कि तिरस्कारको छायाँ?
के डिग्रीले मात्र हुन्छ मानिस महान?

कसैको अनुहारमा ल्यायौँ मुस्कान,
कसैको हिँडाइमा थप्यौँ सम्मान —
त्यो नै हो शिक्षा, त्यही हो ज्ञान,
त्यसैमा बस्दछ मानव कल्याण।

कसैले नबुझे पनि जीवनको सार,
सुन राजा! शिक्षा हो आत्माको प्यार।
न हो ऊ धन, न हो ऊ शान,
शिक्षा हो हृदयमा बज्ने वाण।

हामी जुनकिरी बनौँ रातको घाम,
कसैको अन्धकारमा ल्याऔँ आराम।
त्यही हो सच्चा पठनको गौरव,
जस्ले आफैप्रति दिलाओस् गर्व।

जय होस् ती शिक्षित आत्माहरूलाई,
जसले उज्यालो बाँड्छन् सबैलाई।
डिग्रीले होइन, मनले पढौँ,
मानवता र ममता साथमा राखौँ।

चर्चामा

सम्बन्धित समाचार