
हिन्दु धर्ममा साउन महिनालाइ प्राकृतिक र धार्मिक दृस्ठिकोणले उत्तम महिना मानिन्छ।यो हरिशयनि एकादशि देखि सुरु भइ हरिबोधिनि एकादशि पुगेर समाप्त हुने गर्दछ।साउन महिनालाइ शिबजीको प्रिय महिनाको रुपमा मानिन्छ।हरिशयनि एकादशि देखि भगवान् बिष्णु योगनिद्रामा शयन गर्ने भएकाले यस बेला भगवान शंकरले नै शृस्टिको पालन गर्न भुमिका निर्बाह गर्ने हुन्छ भन्ने मान्यता छ।साउनलाइ चतुर्मासको पहिलो महिना मानिन्छ।यसमा विशेष गरि हिन्दु धर्मका आराध्य देब शिबको सोमबारमा दिन उपासना गरि पुजाआजा गरिन्छ।ब्रतालुले साउन महिना भरि खानपानमा सात्विक ,शुद्ध भोजन आहार गर्ने परम्परा रहेको छ। श्रद्धालु गङगा स्नान गरि शिबको मन्दिरमा शिबजिलाइ गङगाजल चढाउने र जयजयकार गर्ने चलन छ।
साउन महिनामा कृषक खेतिपाति लगाउन अति ब्यस्त देखिन्छन।बर्षको बालिलाइ उबजनि गराउनको लागि निकै परिश्रम गर्ने गर्दछन। साउन महिनामा मौसम अनुसारमा फलफूलहरु आप,केरा,लिचि,जताततै हरियाली बाताबरण पनि मनमोहन हुन्छ।यस समयमा शिब पार्बति कैलाश पर्बतमा सङगै रहने हुदा साउन महिनामा शिब पार्बतिको पुजा हुने गर्दछ भन्ने पौराणिक किम्बदन्ति पनि रहिआएको छ।हिन्दु धर्मावलम्बीका अनुसार बिबाहित महिलाले आफ्नो श्रीमानको लामो आयुको कामना गर्दै हातमा हरियो ,पहेँलो ,चुरा पोते ,मेहेन्दि लगाइ बर्त बस्ने गर्दछन।
धेरै पहिले ग्रामीण भेगमा मेहेन्दि नहुने हुँदा तिउरी
लाइ हातमा लगाइ कर्कलोको पातले छोपेर बाध्ने चलन थियो।
स्कन्धपुराणमा पनि यो महिना शिबजिको सबैभन्दा पृय!महिना भएको कुरा बताइएको छ।दक्षप्रजापतिले आयोजना गरेको अश्वमेध यज्ञमा नडाक्दा तिरस्कृत सतिदेबिले यज्ञकुण्डमा प्रवेश गरेर आफ्नो देह त्याग गरेको र प्राण त्याग्नु अघि उनले अर्को जन्ममा पनि शिबजिलाइ नै पति पाऊँ भन्ने कामना गरेकि थिइन।हिमालय पर्बत र मेनकाका गर्भबाट पार्बतिका रुपमा जन्म लिन पुगिन।उनले शिबजिलाइ पति पाउने कामना गरि साउन महिनाभरि निराहार ब्रत बसिन।कठोर तपस्यापश्चात् शिबजिलाइ पतिका रुपमा प्राप्त गरेकोले साउन महिना शिबजिका लागि प्रिय भएको उल्लेख छ।
समाजशास्त्री ,मानब शास्त्री,धर्मशास्त्र ,ज्योतिष ,बैज्ञानिक सबैले आआफ्नो युक्ति र प्रमाणले साउन महिनामा शुद्ध आहारबिहार गर्ने,मन शुद्ध गर्ने र बोलि बचन शुद्ध गर्ने,फलस्वरूप शिक्षा दिक्षाको पनि प्रगति हुन्छ भन्ने पाइन्छ।
